धनुषा, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी ले जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रूपैठामा कर्फ्यू आदेश जारी गरेका छन् ।

स्थानीय दुई समुदायबीच दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा झडप भएको थियो। अर्काे समुदायले ढुङ्गामुढा गर्दा विवाद उत्पन्न भएको थियो। झडपका क्रममा तेलिया पोखरीको डिलमा बनाइएको टहरा आगजनी गरिएको छ भने आक्रोशित भीडले केही अर्को समुदायका घरमा समेत आगजनीको प्रयास गरेको थियो ।

ADVERTISEMENT

जिल्ला सुरक्षा समितिको बैठक पश्चात स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार मिति २०८२/०६/१७ गते साँझ ६:३० बजेदेखि निषेधाज्ञा लागू भएको छ। निषेधाज्ञा अवधिभर अनसन, धर्ना, घेराउ, जुलुस, सभा, आगजनी, तोडफोडजस्ता गतिविधिमा रोक लगाइएको छ। आदेशको उल्लङ्घन गर्ने व्यक्तिहरूमाथि कानूनी कारबाही हुने जानकारी दिइएको छ।

ADVERTISEMENT

तपसिल अनुसार निषेधाज्ञा लागू हुने क्षेत्रः

ADVERTISEMENT
  • पूर्व: लोहना जाने बाटो
  • पश्चिम: बसहिया जाने बाटो
  • उत्तर: बाबा पेट्रोल पम्प (सिक्सलाइन)
  • दक्षिण: गंगुली पुल