काठमाडौं । असार सकिन लाग्दा मुलुकभर ५९ प्रतिशत अर्थात आठ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ ।
मुुलकभर आठ लाख १६ हजार ४०५ हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको बाली विकास निर्देशनालयले जनाएको छ । गत वर्ष सो अवधिमा ६७.७ प्रतिशतमा धान रोपाइ भएको थियो । यो वर्ष वर्षा समयमै सुरुभएपनि धान रोपाइ भने कम भएको बाली विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुुुसार असार सकिन तिन दिन बाँकी रहँदा आइतबार सम्म सवै भन्दा धेरै सुदुरपश्चिम प्रदेशमा ९३.१ अर्थात एक लाख ६३ हजार ९९३ हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको छ । कर्णाली प्रदेशमा ८३.२३ प्रतिशत अर्थात ३४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ । सुुुदुर र कर्णाली प्रदेशमा धान रोपाइ सकिन लागेको तथ्याङ्कले देखाएको छ ।
लुुम्बिनी प्रदेशमा ७३.६८ प्रतिशत अर्थात २२ हजार ३२१ हेक्टर, गण्डकी प्रदेशमा ६६.९९ प्रतिशत अर्थात ६३ हजार हेक्टर क्षेत्रफलमा रोपाइ भएको निर्देशनालयले जनाएको छ । यस्तै बागमति प्रदेशमा ७६.३१ प्रतिशत अर्थात ९१ हजार ९८३ र कोशिी प्रदेशमा ४१.३२ प्रतिशत अर्थात एक लाख १४ हजार २११ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ । सवै भन्दा कम मधेश प्रदेशमा ३३.७८ प्रतिशत अर्थात एक लाख २५ हजार ८८८ हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको छ । अन्य ठाउँको तुुलनामा तराईमा ढिला धान रोपिने गरिन्छ ।
यो वर्ष १३ लाख ८३ हजार ७३२ हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने अनुुमान गरिएको छ ।







