काठमाडौँ । सियाओ शंघाई कोओपरेशन अर्गनाइजेशन (SCO) को थियानजिन शिखर सम्मेलनका मुख्य कार्यक्रमपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतिको औरस सेनाट (Aurus Senat) गाडीमा ४५ मिनेटसम्म निजी संवाद गरेका छन्। जसलाई भारत–रूस सम्बन्धको आत्मीयताको प्रतीकका रूपमा हेरिएको छ। 

प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सम्पन्न द्विपक्षीय भेटवार्तालाई निकै महत्वपूर्ण र फलदायी रूपमा मूल्याङ्कन गरिएको छ। प्रधानमन्त्री मोदीले सो वार्तालाई “महत्त्वपूर्ण र फलदायी” भनेका छन् भने उनले पुटिनलाई “प्रिय मित्र”को रूपमा सम्बोधन गरेका थिए। राष्ट्रपति पुटिनले पनि भारत–रूस सम्बन्धलाई विशेष, मैत्रीपूर्ण र विश्वासपूर्ण रहेको बताएका छन् र यसलाई भविष्यमा थप मजबुत बनाउन आवश्यक रहेको उल्लेख गरेका छन्।

ADVERTISEMENT

यस बैठकमा द्विपक्षीय व्यापार, ऊर्जा क्षेत्रमा सहकार्य, र युक्रेन संघर्ष सम्बन्धी विषयमा छलफल भएको थियो। प्रधानमन्त्री मोदीले युक्रेन युद्धको शीघ्र समाधानको आवश्यकता औंल्याउँदै शान्तिपूर्ण अन्त्यको आशा व्यक्त गरेका थिए।

ADVERTISEMENT

वार्ताले भारत–रूसको रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने र दुई देशबीचको विशेष सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ। मोदी–पुटिनको संवादले दुवै पक्षबीच भरोसा र समझदारी बढाउने प्रयासको स्पष्ट संकेत दिएको छ

ADVERTISEMENT

कूटनीतिक वृत्तले यो वार्तालाइ अत्यन्तै महत्त्वपूर्ण संकेतका रूपमा व्याख्या गरेका छन्। विश्लेषकहरूका अनुसार मोदी–पुटिन भेटलाई भारतले आफ्नो रणनीतिक स्वतन्त्रता देखाउने प्रयासको रूपमा पनि बुझिएको छ। पछिल्लो समय अमेरिकाले भारतमाथि ५० प्रतिशतसम्मको शुल्क वृद्धि गरेको अवस्थामा, यस भेटलाई वाशिङटनतर्फ भारतको सन्देशका रूपमा समेत हेरिएको छ।

भारत र रूसबीच ऊर्जा, रक्षा, व्यापार र प्राविधिक सहकार्यमा लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेका छन्। यस्तो अवस्थामा दुबै नेताको भेटलाई विश्व शक्तिसन्तुलनमा नयाँ समीकरण निर्माण गर्ने संकेतको रूपमा लिइएको छ।