काठमाडौं , नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारि गर्दै नेपालीहरूको मुख्य चाड पर्व दशैं, तिहार र छठका क्रममा हवाई टिकटको अत्याधिक माग र उच्च भाडादरको सम्भावना रोक्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकतम भाडा तोकेको छ। प्राधिकरणले सम्बन्धित एयरलाइन्सलाई नेपाल सरकारद्वारा स्वीकृत भाडा भित्रै टिकट बिक्री गर्न स्पष्ट निर्देशन दिएको बताएको छ।
प्राधिकरणले सार्वजनिक गरेको अधिकतम भाडा अनुसार काठमाडौँबाट प्रमुख गन्तव्यहरूमा तिर्नुपर्ने भाडा यस प्रकार रहेको सुचनामा उल्लेख गरेको छ :
- काठमाडौं–विराटनगर : ९ हजार ७८५ रुपैयाँ
- काठमाडौं–भरतपुर : ४ हजार ६४३ रुपैयाँ
- काठमाडौं–भद्रपुर : १२ हजार ११२ रुपैयाँ
- काठमाडौं–जनकपुरमा : ५ हजार ४७० रुपैयाँ
- काठमाडौं–पोखरा : ६ हजार ६३५ रुपैयाँ
- काठमाडौं–नेपालगञ्ज : १३ हजार १०३ रुपैयाँ
- काठमाडौं–धनगढी : १७ हजार ५७९ रुपैयाँ
- काठमाडौं–सिमरा : ३ हजार ९७८ रुपैयाँ
- काठमाडौं–भैरहवा : ८ हजार ४६१ रुपैयाँ
- काठमाडौं–राजविराज ८ हजार २१० रुपैयाँ
- काठमाडौं–सुर्खेत : ९ हजार ३० रुपैयाँ
- काठमाडौं–तुम्लिङटार : ७ हजार ६३० रुपैयाँ
प्राधिकरणले एयरलाइन्सलाई तोकिएको दरभन्दा बढी भाडा लिन नपाइने स्पष्ट पारेको छ। साथै, यात्रुहरूले तोकिएको भन्दा बढी भाडा तिर्नु परेको खण्डमा Voluntary Information Reporting System (VIRS) मार्फत उजुरी दिन सक्ने व्यवस्था रहेको बताएको छ ।




