काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा।रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरिएको गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीले जानकारी दिए ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अहिलेको विशेष राजनीतिक अवस्थामा विभिन्न झाँकीलगायतका कार्यक्रम कम हुने भएका छन् । संविधान कार्यान्वयनपछिको अवस्था, उपलब्धि, कमीकमजोरी, झेल्नुपरेका समस्यालगायतका विषयमा बहस, छलफल तथा अन्तरक्रिया हुने भनिएकोमा पछिल्लो आन्दोलनबाट जनधनको क्षति तथा विषम अवस्थाले त्यस्ता कार्यक्रम नहुने भएका छन् ।
अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धि स्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।
मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।








