काठमाडौं । एक वर्ष कार्यकाल बाँकी छँदै एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन्।

बैंक सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृतसमेत गरिसकेको छ। उनको राजीनामा स्वीकृतसम्बन्धी जानकारी राष्ट्र बैंकलाई गराइसकेको स्रोतले बतायो ।

न्यौपानेले स्वास्थ्य स्थितिको कारण देखाउँदै बैंकलाई पर्याप्त समय दिन नसक्ने हुँदा राजीनामा दिनुपरेको पत्रमा उल्लेख छ । यसअघि पनि विभिन्न प्रसंगमा उनले राजीनामा दिएको चर्चा हुँदै आएको थियो।

ADVERTISEMENT

न्यौपाने २०७५ सालमा ३८ वर्षको उमेरमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भई नेपालको  बैंकिङ क्षेत्रमा सबैभन्दा कम उमेरका प्रमुख कार्यकारी अधिकृत बन्न सफल भएका थिए। त्यसपछि उनी २०७९ सालमा चार वर्षका लागि पुनः एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भए।

ADVERTISEMENT

बैंकले सन्तोषकुमार राठीलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। उनी यसअघि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

ADVERTISEMENT