काठमाडौं । सानिमा बैंकले दुई वरिष्ठ कर्मचारीको बढुवा गरेको छ ।
बैंकको सञ्चालक समितिको बैठकले सर्जु कुमार थापालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) बाट नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, निरज ढकाललाई सहायक महाप्रबन्धकबाट सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको बैंकले जनाएको छ ।
थापाले सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकिङ क्षेत्रमा काम गरेका थिए । त्यसपछि उनले माछापुच्छ्रे बैंकमा करिब १० वर्ष सेवा गरेका थिए । पछिल्लो दुई वर्षदेखि उनी पुनः सानिमा बैंकमा कार्यरत छन् ।
त्यस्तै, ढकाल पनि सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा आबद्ध रहँदै आएका छन् ।
बैंकिङ क्षेत्रमा दुवैको २५ वर्षभन्दा बढीको अनुभव रहेको छ ।












