काठमाडौं । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो करिब आधा दर्जन गाडीमा नेपाली सेनाको फौज काठमाडौंतर्फ आएको छ।

सुरक्षा र शान्ति कायम राख्ने जिम्मेवारी नेपाली सेनाले लिएपछि केही स्थानमा निरन्तर कर्फ्यूको अवस्था जारी छ। विश्लेषकहरूले भने, बढ्दो सुरक्षा चुनौतीलाई व्यवस्थापन गर्न र हाल परिचालित सेनालाई आलो -पालो  गराएर सेनाको उपस्थितिलाई थप मजबुत बनाउने उद्देश्यले थप फौज पाँचखालबाट काठमाडौं आएको हुन सक्ने अनुमान गरेका छन्।

सुरक्षा निकायका अनुसार, यस कदमले सम्भावित अस्थिरता र चुनौतीहरू देखापरेमा त्यसलाई समयमै व्यवस्थापन गर्ने सहज  बनाउने अपेक्षा गरिएको छ। त्यस्तै, हालको अवस्थामा जेनेरेसन जी (Gen Z) आन्दोलनका कारण सैन्य मुख्यालयमा बढ्दो भिडभाड र आगामी नेतृत्व कसले गर्ने भन्ने अनिश्चितता बीच थप तनाव देखिएको छ। यसलाई सेनाले अहिलेको परिस्थिति थप जटिल हुने र सुरक्षा जिम्मेवारीको अवधि लामो समयसम्म सेनामा रहने अनुमान पश्चात लिएको कदमको रुपमा पनि  बुझिएको छ।