रसुुवा । रसुवामा रहेको गोसाकुण्डामा मेलामा जाँदै गरेका तीर्थयात्रीहरू पूर्णिमाको दिन उक्त स्थानमा स्नान गर्नाले पापबाट मुक्त हुने जनविश्वास रहेको छ । धेरै मात्रामा दर्शनार्थीहरु आउने भएकाले टेन्ट हालेर बस्ने व्यवस्था पनि मिलाइएको छ ।
पैदलमार्गमा सरसफाइ, वातावरण संरक्षण, उद्धार, स्वास्थ्य उपचार, प्रचारप्रसार, अनुगमन र समन्वय तथा आन्तरिक प्रवद्र्धन उपसमिति गठन गरिएको छ । यात्रुले खाने बस्ने होटल तथा लज तिर्नुपर्ने शुल्कसमेत निर्धारण भइसकेकाले मूल्यसूची हेरेर मात्र रकम भुक्तानी गर्न भक्तजनलाई आग्रह गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

काठमाडौँदेखि धुञ्चेसम्म आठ घण्टामा मोटर र त्यसपछि पैदल यात्रा शुरु हुने धार्मिक पदमार्गमा त्रिशूली नदी, उकाली भञ्ज्याङ चौतारीे, चन्दनबारी आधार इलाकामा भेटिने चौँरीगाई, मिश्रण वनस्पति लौरीविनायक टापुबाट देखिने पश्चिम क्षेत्रको अल्का हिमालले यात्रुलाई थप मनमोहक बनाउने गरेको छ ।

ADVERTISEMENT

भगवान् शङ्कर विराजमान रहनुभएको पवित्र तीर्थमा डुबुल्की मार्दा नयाँ जोश जागरको अनुभूति लिन सकिन्छ ।
समुद्री सतहदेखि ४ हजार ३०० फिटको उचाइमा अवस्थित गोसाइँकुण्ड पुग्न धुञ्चे बजारहुँदै चन्दनबारी वा लौरीविनायकभएर पुग्न सकिन्छ ।

ADVERTISEMENT

गोसाइँकुण्ड तीर्थ बौद्ध तथा हिन्दू दुबै धर्मावलम्बीको साझा धार्मिक थलो भएकाले लामा झाँक्रीको बाजागाजा स्थानीय वेषभूषाले रौनकता थप्छ ।
पर्वका अवसरमा कुण्ड पुग्ने भक्तजनले आफ्ना दिवङ्गतपित्रीको सम्झना गर्दै श्राद्ध एवम तर्पण गर्नाले बीच बाटोमा अह्रोगति भएर बसेका सबै पितृ स्वर्गमा पुग्ने विश्वास रहिआएको छ ।