काठमाडौं । आज पनि निषेधाज्ञा र कर्फ्यु जारी रहने भएको छ । नेपाली सेनाले जारी गरेको सूचना अनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरुमा निषेधाज्ञा तथा कर्फ्यु जारी रहने भएको हो । यद्दपि, यसमा केही खुकुलो गरिएको छ ।

पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको नेपाली सेनाले जनाएको छ।

ADVERTISEMENT

आज विहान १० बजे देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजे देखि भाद्र २७ गते विहान ६ बजेसम्म कर्फ्यु जारी रहने सूचनामा जनाइको छ । अत्यावश्यक कामका लागि २६ गते विहान ६ बजे देखि विहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेको समय तोकिएको छ ।

ADVERTISEMENT

जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गीअड्डाले निषेधाज्ञा तथा कर्फ्युका दौरान समेत अत्यावश्यक सेवाका ९ एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दुध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने० सवारी साधनहरु सञ्चालन गर्न सकिनेछ जनाएको छ ।

विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने सूचनामा जनाइएको छ ।

ADVERTISEMENT

यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्ने छन् ।

काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुरुप जिल्ला सुरक्षा समितिहरुबाट निर्णय तथा समन्वय गरिएबमोजिम हुने सेनाले जनाएको छ ।