काठमाडौं । प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निवास अगाडि प्रहरीले गोली चलाएको छ । मंगलबार बिहान प्रदर्शनकारी ओलीको निजी निवासमा प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो । गोली लागेर २ जना घाइते भएका प्रदर्शनकारीलाई अस्पताल लगिएको छ ।
मंगलबार बिहानैदेखि प्रदर्शनकारीले ओलीको निजी निवासमा टार्गेट बनाएका छन् । उनीहरूलाई प्रहरीको बाक्लो घेराले अगाडि बढ्न दिएको छैन ।
बिहानभन्दा दिउँसाे हुँदै गएपछि प्रदर्शनकारीले सडक कब्जा गर्दै गएका छन् ।





