काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।

बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा दिएका हुन्।

ADVERTISEMENT

गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार साँझ बुढानीलकण्ठमा बसेको पार्टी बैठकमा आग्रह गरेका थिए। त्यसपछि सभापति शेरबहादुर देउवाले राजीनामा दिन उनलाई निर्देशन दिएका थिए ।

बैठकमा गृहमन्त्री लेखकले सोमबारको घटनाबाट आफू दु?खी रहेको र नैतिकताका आधारमा राजीनामा दिने बताएका थिए। लगत्तै उनी बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएका हुन् ।

ADVERTISEMENT

जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए। सो क्रममा काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।