काठमाडौं । सुदन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने सम्भावना रहेको विभिन्न राजनीतिक स्रोतहरू तथा रास्वपाका नेताले संकेत दिएका छन् ।
स्रोतहरूका अनुसार सरकारभित्रको जिम्मेवारी हेरफेर तथा मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेका बेला गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिने विषयमा छलफल अन्तिम चरणमा पुगेको छ।
यद्यपि, उनको नियुक्तिबारे सरकारको तर्फबाट औपचारिक घोषणा भने भइसकेको छैन। मन्त्रिपरिषदले तीन मन्त्रीहरु हटाएर पुन अन्य मन्त्रि नियुक्त गर्दा गृहमा सुदन गुरुङलाई ल्याउन सक्ने सम्भावना रहेको उच्च स्रोतले जानकारी दिएको छ।
गृह मन्त्रालय देशको आन्तरिक सुरक्षा, शान्ति व्यवस्था, प्रशासनिक समन्वय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण मन्त्रालयका रूपमा मानिन्छ।








