काठमाडौं – जेनजी (Gen Z) प्रदर्शनका क्रममा थप एक जनाको मृत्यु भएको छ। काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारको क्रममा घाइते एक प्रदर्शनकारीको ज्यान गएको हो। यससँगै, प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या कुल ६ पुगेको छ।

यसअघि सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भइसकेको थियो। प्रदर्शनका क्रममा युवा प्रदर्शनकारीहरूले भ्रष्टाचार र सामाजिक अन्यायविरुद्ध शान्तिपूर्ण रूपमा आवाज उठाइरहेका थिए।

ADVERTISEMENT

तर, प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले रबर गोली, अश्रुग्यास र अन्य बल प्रयोग गरेको थियो। यसको परिणामस्वरूप ठूलो संख्यामा घाइते भएका छन् र केहीको अवस्था अझै गम्भीर रहेको अस्पताल स्रोतहरूले जनाएका छन्।

ADVERTISEMENT