काठमाडौं । नयाँबानेश्वरमा जारी प्रदर्शनका क्रममा फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना (नयाँ पत्रिका) र उमेश कार्की (नेपाल प्रेस) प्रहरीको रबरको गोली लागेर घाइते भएका छन्।

घाइते दुवैलाई तत्काल सिभिल अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले प्रदर्शन नियन्त्रणको क्रममा गोली प्रहार गरेको बताइएको भए पनि उनीहरूको स्वास्थ्य अवस्था अहिलेसम्म पुष्टि भइसकेको छैन।

ADVERTISEMENT

प्रदर्शनकारीहरू कर्फ्यू उल्लंघन गर्दै संसद भवनतर्फ अघि बढ्दा प्रहरीले भिड नियन्त्रणका लागि रबर गोली प्रहार गरेको जनाइएको छ। पत्रकारहरू प्रदर्शनको दृश्य संकलनका क्रममा घाइते भएका हुन्।

ADVERTISEMENT