काठमाडौं । नेपालको प्रमुख टेलिकम् सेवा प्रदायक एनसेल (Ncell)ले आफ्नो फोरजी नेटवर्कको विस्तार र गुणस्तर सुधारमा ठूलो प्रगति गरेको छ। कम्पनीले सन् २०२५ मा देशभर २५० वटा नयाँ मोबाइल टावर जडान गरी सञ्चालनमा ल्याएको जनाएको छ, जसले ग्राहकहरूलाई अझ राम्रो भ्वाइस सेवा र उच्च गतिको डेटा पहुँच सुनिश्चित गर्नेछ।

एनसेलले नेटवर्क सुधार र विस्तारलाई तीब्र बनाउँदै २२०० साइटहरूको क्षमता पनि अभिवृद्धि गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ। यसले भ्वाइस सेवा अझ स्पष्ट र डेटा गतिको गुणस्तरमा महत्वपूर्ण सुधार ल्याएको बताइएको छ।

ADVERTISEMENT

कम्पनीका अनुसार सातै प्रदेशका विभिन्न स्थानीय तहमा नयाँ टावरहरू स्थापना गरिएको छ। विशेषगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशहरूमा काम केन्द्रित गरिएको छ भने कर्णाली र सुदूरपश्चिमजस्ता दुर्गम क्षेत्रमा समेत फोरजी सेवा पुगेको छ। मधेश प्रदेशमा मात्र १०० भन्दा बढी नयाँ टावरहरू जडान भएका छन् भने लुम्बिनीमा ४०, कोशीमा ३५ र बाँकी प्रदेशमा समेत ठूलो संख्यामा टावर सञ्चालनमा आएका छन्।

ADVERTISEMENT

एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले बताए अनुसार, नयाँ टावरहरूले स्थानीय तहका ग्राहकहरूलाई मोबाइल इन्टरनेट र आवाज सेवामा गुणस्तरका साथ सुविधा दिने छन्। उनले संकेत गरे, नेटवर्क विस्तारले व्यापार, शिक्षा, स्वास्थ्य सेवा लगायत दैनिक जीवनका सबै पक्षमा सकारात्मक प्रभाव पार्नेछ।

कम्पनीले यो फोरजी सेवा जेठ २०७४ देखि प्रयोगमा ल्याएको हो र अहिले यो सेवा ७७ वटै जिल्लामा फैलिसकेको छ, जसले नेपालका जनसंख्याको ९५ प्रतिशतभन्दा बढीलाई चौबिसै घण्टा मोबाइल नेटवर्क सुविधा प्रदान गरेको छ।

ADVERTISEMENT

एनसेलले भविष्यमा पनि नेटवर्क विस्तार र सेवाको गुणस्तरलाई अझ उँचाइमा पुर्‍याउने लक्ष्य राखेको छ र आगामी समयमा थप नयाँ टावरहरू स्थापना गर्दै जाने योजना रहेको बताइएको छ।