काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा झरेको छ ।
आज एक करोड १३ लाख कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ७२ करोड बराबरको कारोबार भएको छ । बुधबार २१३ कम्पनीको सेयर मूल्य घट्दा ३९ कम्पनीको बढेको छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावरको ३३ करोड ८० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। लिबर्टी इनर्जीको करिब साढे २७ करोड, नेपाल पुनर्बीमा कम्पनीको २६ करोड, हिमालयन रिइन्स्योरेन्सको २४ करोड र पञ्चकन्या माई हाइड्रोको १३ करोड बराबरको कारोबार भएको छ ।
हिमस्टार ऊर्जा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। हिमस्टारको सेयरमूल्य २९ रुपैयाँ ४० पैसा बढेर ३२३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। आज युनियन हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशत बढेको छ।
१३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ । ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको जलविद्युत र होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.९३ प्रतिशत र विकास बैंकको ०.८५ प्रतिशत घटेको छ।





