काठमाडौं । पोखरा महानगरपालिका, तालचोक, कास्कीस्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।

प्रभु बैंकका कर्मचारी, उनका परिवारजन तथा बैंकका ग्राहकहरूले पोलीक्लिनिकका विभिन्न स्वास्थ्य सेवामा ५% देखि २०% सम्म छुट पाउने

ADVERTISEMENT

यस सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनका परिवारजन तथा बैंकका ग्राहकहरूले पोलीक्लिनिकका विभिन्न स्वास्थ्य सेवामा ५% देखि २०% सम्म छुट पाउनेछन्। यो सुविधा माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि. मार्फत उपलब्ध हुनेछ।

ADVERTISEMENT

उक्त सम्झौतामा पोलीक्लिनिक तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक श्री भावना भण्डारी तथा प्रभु बैंक लि. तर्फबाट तालचोक शाखा प्रबन्धक श्री प्रकाश पौडेलले संयुक्त हस्ताक्षर गरेका छन्।

ADVERTISEMENT