काठमाडौं — रसुवामा भोटेकोसी नदीमा आएको बाढीका कारण ९ वटा वाणिज्य बैंकका शाखा पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। तिब्बतबाट आएको बाढीले नदी आसपासका बजार क्षेत्रमा रहेका बैंकका शाखामा ठूलो क्षति पुर्‍याएको हो।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाका अनुसार प्रारम्भिक जानकारीमा ९ वटा बैंकका शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको पाइएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका बैंकका कर्मचारीमध्ये आधाभन्दा बढी अझै सम्पर्कमा आउन नसकेको उनले बताए।

ADVERTISEMENT

उहाँका अनुसार कर्मचारीहरू सम्पर्कमा आउने क्रम जारी रहेकाले क्षतिको वास्तविक विवरण संकलन भइरहेको छ। कुन–कुन बैंकका शाखा तथा कति कर्मचारी प्रभावित भएका छन् भन्ने यकिन विवरण संकलन भइरहेको उनले जानकारी दिए।

ADVERTISEMENT

बाढीले क्षति पुर्‍याएको क्षेत्रमा तत्काल पुग्न सकिने अवस्था नरहेको बैंकर्स एसोसिएसनले जनाएको छ। बाढीका कारण फोन तथा इन्टरनेटका टावरमा समेत क्षति पुगेकाले प्रभावित कर्मचारी तथा शाखासँग सम्पर्क गर्न कठिनाइ भइरहेको छ।

प्रारम्भिक विवरणअनुसार बैंकका शाखा तथा कर्मचारीमा ठूलो क्षति पुगे पनि विस्तृत विवरण संकलन भएपछि मात्रै क्षतिको वास्तविक अवस्था स्पष्ट हुने बताइएको छ।

ADVERTISEMENT