काठमाडौं । रुपन्देही ३ मा कात्तिक १७ गते हुन लागेको उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुने उम्मेदवारको चयन प्रक्रिया जारी छ।

नौजना निवेदकहरू आइतबार क्यान्डिडेट बेन्चको छलफलमा सहभागी हुन भैरवास्थित रामादा होटलमा उपस्थित भएका छन् । रास्वपाको उम्मेदवार बन्न सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन्।

ADVERTISEMENT

उम्मेदवार हुन निवेदन दिनेहरूसँग प्यानलमा छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्य, पार्टी प्रवक्ता तथा सांसद मनिष झा, सांसद शिशिर खनाल र सांसद चन्दा कार्की रूपन्देहीमा छन् ।

निवेदकहरूसँग पार्टीका उपसभापति स्वर्णिम वाग्लेले वन अन वन छलफल गर्नेछन् । रास्वपाबाट उम्मेदवारीका लागि निवेदकहरूले संविधान, देशको वर्तमान चुनौती र अवस्था, देशको राजनीतिक परिवेश, स्थानीय मुद्दा, कानुनी प्रक्रिया, संसदीय अभ्यास तथा जनचासोको विषयहरूमा कति जानकारी राख्छन् भन्ने उद्देश्यले यस्तो छलफल चलाइएको जनाइएको छ ।

ADVERTISEMENT