काठमाडौँ — भ्याली पब्लिक र फेरिल्यान्ड २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बुधबार सेमिफाइनल पुगेका छन् ।
भ्याली पब्लिकले आयोजक ग्रिनल्यान्डलाई ४६–२८ स्कोरले पराजित गर्यो । भ्यालीकी सोनीमाया तामाङले १६ स्कोर जोडिन् । फेरिल्यान्डले केभीकेएसएसले ३७–२५ ले हरायो । फेरिल्यान्डकी सन्दीपा राईले ९ स्कोर गरिन् ।
गर्ल्समै न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २६–१५ र तेजस्वी एकेडेमीले जेबी स्कुललाई ३५–२४ ले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे । न्युटनकी इरेनी राणाले १६ तेजस्वीकी निशा पण्डितले १२ स्कोर जोडे ।
सिनियर ब्वाइजमा मार्वलसले टीआईएलाई ६७–४७, लालीगुराँस नेसनल एकेडेमीले किङडमलाई ५६–४०, पारामाउन्टले बीएनएलाई ३१–२५, न्युटनले भद्रकालीलाई ४८–२२, भ्याली पब्लिकले जेबीलाई ५८–४० र बीएमसीएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ५६–३६ ले हराएर क्वाटरफाइनलमा स्थान बनाए ।
मार्वलसका सिनेप शाहीले १७, लालीगुराँसका प्राण मल्लले १९, पारामाउन्टका सविन तामाङले ११, न्युटनका सविन राईले ८, भ्याली पब्लिकका अशोक बिकले १७ र बीएमसीएका विमल गुरुङले २९ स्कोर जोडे ।






