काठमाडौं । रूपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न राष्ट्रिय स्वतन्त्र पार्टीमा १० जनाले आवेदन दिएका छन् । रास्वपाले उम्मेदवार बन्न चाहनेहरूलाई साउन ७ देखि २१ गतेभित्र दरखास्त हाल्न आह्वान गरेको थियो ।

आठजनाले तोकिएको समयभित्र अनलाइनमा आवेदन गरेको र थप दुईजनाले आफ्नो नाम प्रविष्ट नभएको भनेर पार्टीलाई सूचित गरेका छन् ।

ADVERTISEMENT

केन्द्रीय सदस्य कुशुम महर्जन, रूपन्देही ३ का सभापति मधु अर्याल, प्रदेश सदस्य जेबी गुप्ता, भैरहवाका डा. लेखजंग थापा, ज्ञानु पौडेल, सुलभ खरेल, प्रदेश सदस्य प्रकाश ज्ञवाली, पार्टीको जिल्ला कोषाध्यक्ष रचना क्षेत्रीले आवेदन दिएको रास्वपा सहमहामन्त्री तथा प्रदेश इन्चार्ज विपीन आचार्यले बताए । समानुपातिक बन्दसूचीमा नाम रहेकी महर्जनले केही समयअघि नाम फिर्ता लिएकी थिइन् । सम्भवतः उनलाई रास्वपाले टिकट दिने अनुमान गरिएको छ ।

ADVERTISEMENT

आवेदन दिएकामध्ये पाँचजना मुख्य प्रतिस्पर्धामा देखिएका छन् । जसमा मधु अर्याल, ज्ञानु पौडेल, कुसुम महर्जन, सुलभ खरेल र डा. लेखजंग थापा छन् ।

क्षेत्री सभापति अर्याल शिक्षा पेशामा आवद्ध छन् । तिलोत्तमाका उनी विद्यालय सञ्चालक हुन् । उनले साउथ एसियन युनिभर्सिटीबाट अटिज्ममा पीएचडी गरेका थिए । ज्ञानु पौडेल सहकारी अभियन्ता हुन् । लेखजंग थापा न्युरोसर्जन हुन् ।

ADVERTISEMENT

२०७९ को आमनिर्वाचनमा रूपन्देही ३ मा रास्वपाले समानुपातिकतर्फ १४ हजार मत ल्याउँदै तेस्रो स्थान हासिल गरेको थियो । प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार जेबी गुप्ताले ५,७९६ मत ल्याएका थिए ।