काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक बुधबारका लागि तय गरिएको हो।
बैठकमा केन्द्रीय समितिका सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।पार्टीका अनुसार बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
बैठक काठमाडौंको घण्टीघरस्थित वनस्थलीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बिहान ९ बजे बस्नेछ।रास्वपाले संगठन सुदृढीकरण, भावी रणनीति तथा पार्टीका आन्तरिक व्यवस्थापनका विषयमा समेत बैठकमा विस्तृत छलफल गर्ने तयारी गरेको छ।










