काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। आजको प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवा विधेयकमा प्रस्तावित कुलिङ पिरियड छेडखानी सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन पेस हुने भएको छ।

मंगलबार बिहान तयार पारिएको प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई दोषी देखाइएको छ। दुवैजनाले हेर्दै नहेरी हस्ताक्षर नगरेकाले मुख्य दोषी देखाइएको छ ।

ADVERTISEMENT

तर कुलिङ पिरियडमा प्रत्यक्ष संलग्न भनिएका मुख्यसचिव एकनारायण अर्याल, संसदका महासचिव पद्मप्रसाद पाण्डेलगायत कर्मचारीलाई परोक्ष संलग्नता देखाएर जोगाइएको छ।

ADVERTISEMENT

समितिका सभापति खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा आफूले सही गरेको कुरामा कुनै विवाद नरहेको, तर यो लेख्ने काम आफ्नो नभएको बताएका छन् ।

‘मैले प्रतिवेदन हेरेको छैन । पहिले प्रतिवेदन हेरौं न । सही गरेकै हो, त्यसमा विवादै भएन । तर सहीमा कुलिङ पिरियड राख्नुपर्छ भन्ने स्ट्यान्ड मेरो हो । पारित गर्ने १५ दिनसम्म संसदै छ । संसदले पनि हेर्नुपर्छ होला नि । जिम्मेवार त संसद पनि छ नि,’ उनले भने ।

ADVERTISEMENT

आजको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक पत्रहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् ९पहिलो संशोधन० विधेयक, २०८२०’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘नेपाल पशु चिकित्सा परिषद् ९पहिलो संशोधन० विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।