काठमाडौँ । नेपाल आयल निगमले सिनामंगलस्थित अन्तराष्ट्रिय त्रिभुवन विमानस्थल नजिक रहेको हवाई इन्धन डिपो नयाँ स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको कन्सल्टेन्सी सेवाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन(डीआरपी) बिहीबार आयोजित कार्यक्रममा निगमलाईलाई हस्तान्तरण गरेसँगै प्रक्रिया अगाडि बढेको हो ।

हवाई इन्धन डिपो कार्यलय सिनमंगलका प्रमुुख तथा आयोजना प्रमुख ई प्रदीप यादवले ६ अर्ब ५४ करोड २९ लाख ५ हजार ५७ रूपैयामा नयाँ डिपो निर्माण हुने जानकारी दिनुुभयो ।

तोकिएको समयमा डिपो तयार भएकाले निर्माण कार्य पनि निर्धारित समयमा सक्ने गरी कार्य अगाडि बढाइने उहाको भनाई छ । हाल डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्टाई नागरिक उड्यन प्राधिकरणले साइट क्लियरेन्सको काम गरिरहेको उहाँले जानकारी दिनुुभयो ।
अन्तराष्ट्रिय मापदण्ड अनुरुप निर्माण हुने डिपोमा अग्नि सुरक्षाको लागि दुुई हजार एक सय किलोलिटर क्षमताका दुुई वटा पानी ट्याङ्की र पुर्ण स्वचालित फाइर फाइटिङ्ग सिस्टम जडान हुने छ ।
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल नजिक रहेको हवाई इन्धन डिपो सुरक्षाको दृष्टिले उच्च जोखिमा देखिएपछि २०८१ साउन २८ को मन्त्रिपरिषद्ले बैठकले डिपो सार्न निर्णय गरेको थियो । सोही अनुसार डिपो गुहेश्वरीस्थित नेपाली सेनाको गोल्फ कोर्स भएको स्थानमा सार्न प्रक्रिया अगाडि बढेको हवाई इन्धन डिपो कार्यलय सिनामंगले जनाएको छ ।
निगमले बनाउन लागेको उक्त डिपो तीन हजार किलोलिटर क्षमताका पाँच वटा भण्डारण ट्याङ्क रहनेछन् । साथै भविष्यमा भण्डारण क्षमता बढाउनको लागि समेत लाखी स्थान निर्माण हुने छ । नयाँ बन्ने डिपो अत्याधुनिक प्रविधिसहितको हुनेछ ।
चालू आर्थिक २०८२÷०८३ मा बजेट विनियोजन गरि भाद्र महिनामा निर्माणका लागि बोलपत्र आह्वान गरि २ महिनाभित्र मूल्यांकन सकिन योजना रहेको कार्यालयले जनाएको छ ।
मूल्यांकन सकेर अबको ६ महिनाभित्र निर्माणको काम सुरू गरी आगामी २०८४ को मंसिर भित्र निर्माण सकेर डिपो सञ्चालनमा ल्याउने योजना रहेको प्रमुख यादवले जानकारी दिनुुभयो ।

नयाँ डिपो पूर्ण रूपमा सुरक्षित, प्रविधियुक्त र दीर्घकालीन समाधान हुने किसिमले निर्माण उहाँले जानकारी दिनुुभयो । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन डा. सुरज लामिछानेले नेपाली प्राविधिक जनसक्तिले नै डिपिआर तयार गरिएको जानकारी दिनुुभयो ।
विमानस्थलको गुह्येश्वरीतर्फ नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ५० रोपनी जग्गामा ‘अमेरिकी पेट्रोलियम इन्ष्टिच्युट’ एपिआइ मापदण्डअनुसारको डिपो निर्माण हुनेछ ।
करिब ५० वर्ष पुरानो सिनामङ्गल हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार छ सय ६० किलोलिटर छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको निगम विसं २०२७ मा स्थापना भई नेपालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरण गर्दै आइरहेको छ । निगमले देशका विभिन्न स्थानमा १० वटा हवाई इन्धन डिपो र दुई वटा हवाई इन्धन ‘रिफ्युलिङ स्टेशन’ सञ्चालनमा ल्याएको छ ।
नागरिक उड्डयन प्राधिकरणं(क्यान)ले विमानस्थलको उत्तर पश्चिमको गुहेश्वरी गौचरस्थित गोल्फ कोर्स नजिकैको खाल्डो भएको क्षेत्रमा निगमको हवाई इन्धन डिपो निर्माण गर्न ११० रोपनी ९५५ हजार ९ सय ५९ वर्गमिटर० जग्गा चार किल्ला छुट्टयाएर अनौपचारिक रुपमा हालै उपलब्ध गराएको छ । डिपो निर्माण गर्ने स्थानमा क्यानले चार किल्ला छुट्र्या साइट किलिरियन्सको काम अगाडि बढाएको निगमले जनाएको छ ।