काठमाडौं। पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखिन थालेको छ। छिमेकी भारत, बङ्गलादेश र पाकिस्तानमा यसको प्रभाव देखिएपछि नेपालमा पनि असर पर्न थालेको छ।
नेपाल आयल निगमले पेट्रोल र ग्यासको अभाव नरहेको दाबी गरे पनि बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिन आउने व्यक्तिहरूको लामो लाइन देखिएको छ।
सर्वसाधारणका अनुसार, बाहिरी ग्यास डिपोमा ग्यास अभाव भएको कारण धेरैले सिलिन्डर बोकेर बालाजु आएर ग्यास लिन बाध्य भएका छन्। यसले उद्योग र दैनिक उपभोक्तामा असुविधा सिर्जना गरेको छ।
ग्यास आपूर्तिमा यस किसिमको अस्थायी समस्या हुँदा निगम र डिपो सञ्चालकहरूले उपभोक्तालाई सहजीकरण गर्न आवश्यक कदम चाल्नुपर्ने देखिएको छ।
तस्वीरहरु









