काठमाडौं, साउन ६ – सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले दुई नयाँ जलविद्युत् आयोजनामा कुल रु. २५ करोड बराबरको लगानी गर्ने निर्णय गरेको छ। आज बसेको सञ्चालक समितिको १६४ औं बैठकले उक्त निर्णय गरेको हो।

कम्पनीले एपेक्स मकालु हाइड्रोपावर लिमिटेडको मध्य होडगु खोला ‘ए’ जलविद्युत् आयोजनामा ११  लाख कित्ता शेयर बराबर रु. ११  करोड लगानी गर्नेछ भने गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडको मध्य होडगु खोला ‘बी’ जलविद्युत् आयोजनामा १४ लाख कित्ता शेयर बराबर रु. १४ करोड लगानी गर्ने निर्णय गरिएको छ।

कुल मिलाएर कम्पनीले यी दुई आयोजनामा २५ लाख कित्ता शेयरमार्फत रु. २५ करोड लगानी गर्न लागेको हो। कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई पत्राचारमार्फत जानकारी गराएको छ।