काठमाडौं, ६ साउन २०८२ – सिटी होटल लिमिटेडले आफ्नो चुक्ता पूँजी रु. १,६७,४०,००,००० को १:०.८० अनुपातमा एक अरब तेतीस करोड बयान्नब्बे लाख बराबरको हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (SEBON) बाट स्वीकृति प्राप्त गरेको छ। बोर्डले कम्पनीलाई १ करोड ३३ लाख ९२ हजार कित्ता साधारण शेयर प्रति शेयर रु. १०० अंकित मूल्यमा निष्काशन गर्न अनुमति प्रदान गरेको हो।
यो हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी तीन अरब एक करोड बत्तीस लाख पुग्ने छ। काठमाडौंको सोल्टी मोडमा “हायत् सेन्ट्रीक ” ब्रान्डअन्तर्गत पाँचतारे होटल सञ्चालन गरिरहेको सिटी होटल लिमिटेडले यो निष्काशनबाट प्राप्त रकमलाई व्यवसाय विस्तार र वित्तीय संरचना सुदृढीकरणमा उपयोग गर्ने योजना बनाएको छ। लगानीकर्ताहरूका लागि यो हकप्रद शेयर निष्काशनले कम्पनीको बजार उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ








