काठमाडौं,  शिव श्री हाइड्रोपावर लिमिटेडले आगामी हकप्रद शेयर निष्कासनको तयारी स्वरूप शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। कम्पनीले साउन ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो।

यसअनुसार, कम्पनीले प्रति शेयर  १०० रुपैयाँ दरका जम्मा १४७६४०००  कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयरको आवेदनका लागि शेयरधनी दर्ता पुस्तिका साउन १६  गते एक दिनको  लागि बन्द गर्ने भएको छ । यो सूचना कम्पनीले नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा पठाएको बताएको छ ।