काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिनुुभएको छ । जल तथा मौसम विज्ञान विभागले आइतबार दिउँसो देशका विभिन्न स्थानहरूमा धेरै भारी वर्षा हुने बताएको छ । यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुुहुन्छ ‘मौसम विज्ञान विभागले आइतबार दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु।
सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको लागि तयारी अवस्थामा रहन पनि उनले निर्देशन दिएका छन् । कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।







