काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ।

ADVERTISEMENT

शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर बढ्दा युरो, कुवेती दिनारसहितका मुद्रा सस्तिएका थिए।

ADVERTISEMENT

आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा छ। हिजो पनि अमेरकी डलरको विनिमयदर थियो।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १७९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा छ। त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा छ।

आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर