काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक नौ अंकले बढेर २७०३ बिन्दुमा कायम भएको छ ।
बिहीबारं १२२ कम्पनीको सेयर मूल्य बढ्दा १२५ कम्पनीको सेयर मूल्य घटेको छ । ३११ कम्पनीको दुई करोड कित्ता सेयर किनबेच हुँदा नौ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनीको भएको छ ।
्बुटवलको ३१ करोड रुपैयाँ, साहस ऊर्जाको २२ करोड, सप्तकोशी डेभलपमेन्ट बैंकको २६ करोड, राधी विद्युत कम्पनीको २३ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको २२ करोड रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल फाइनान्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै खानीखोला हाइड्रोपावर, समृद्धि फाइनान्स, भूगोल इनर्जीको पनि सेयर मूल्य बढेको छ ।





