काठमाडौं । लगानीकर्तालाई सेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’ नामक संस्था सञ्चालनमा आएको छ ।
संस्थाका सिइओ अमित झाका अनुसार इन्भेष्टमेन्ट गुरु आमनागरिकलाई वित्तीय साक्षरता दिलाउने र सशक्त लगानीकर्ता तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको हो । उनले विशेषगरी नयाँ लगानीकर्ता तथा सेयर शिक्षा सिक्न चाहनेहरूलाई लक्षित गरेर कक्षा सञ्चालन गरिने जानकारी दिए ।
इन्भेष्टमेन्ट गुरुले अनलाइन र भौतिक दुवै माध्यममार्फत् शिक्षा प्रदान गर्ने जनाइएको छ। यसका लागि संस्थाको कार्यालयमा सुविधा सम्पन्न कक्षाकोठा तयार गरिएको छ ।
सेयर बजारका आधारभूत सिद्धान्त, लगानीका तरिका, जोखिम व्यवस्थापन, बजार विश्लेषण, प्रतिफल मूल्यांकन जस्ता विषयमा प्रशिक्षण, सेमिनार तथा परामर्श सेवा प्रदान गरिने संस्थाले जनाएको छ । संस्थापक झाकाअनुसार इन्भेष्टमेन्ट गुरुमार्फत आधारभूतदेखि एड्भान्स स्तरसम्मको सेयर शिक्षा प्रदान गरिनेछ ।
काठमाडौंमा आयोजित एक समारोहमा लोसपा अध्यक्ष महन्थ ठाकुरले दिप प्रज्वलन र चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिवन काटेर ‘इन्भेष्टमेन्ट गुरु’ संस्थाको औपचारिक उद्घाटन गरिएको थियो ।








