काठमाडौं – सुशिला कार्की अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति र उनको सपथ पश्चात नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विद्यमान प्रतिनिधिसभा विघटन गरि मध्यावधि निर्वाचन घोषणा गर्ने प्रस्ताव तयार गरी राष्ट्रपति समक्ष पेस गर्ने तयारी भएको छ ।
यससँगै लामो अनिश्चितता चिर्दै देश पुनः संवैधानिक बाटोमा फर्किने र ताजा जनादेशको मार्ग प्रशस्त हुने अनुमान गरिएको छ।
यस अघि ४ मङ्सिर २०७९ मा प्रतिनिधिसभाका २७५ सदस्य निर्वाचनका लागि नेपालमा आमनिर्वाचन सम्पन्न भएको थियो। स्वाभाविक गतिमा देशको राजनीति अगि बढेको भए हालको २०८४ मा आमनिर्वाचन हुने थियो।
तर जेन जीको आन्दोलनले वर्तमान संसद बाट राष्ट्रिय राजनीतिको समस्या हल हुने नसक्ने अडान लिए पनि राष्ट्रपति अन्तरिम सरकार गठन र संसद बिघटन को जेन जीको प्रस्ताब स्वीकार्न तयार भएका छन्












