काठमाडौं । नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी युवाबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छन् । नेपाली युवाहरुले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको पनि उनले बताइन् ।
भारतीय टेलिभिजन च्यानल न्यूज १८ लाई प्रतिक्रिया दिँदै कार्कीले सो धारणा राखेकी हुन् । उनले भनेकी छन्, ‘जेन–जी समूहले मलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास गर्यो, म राष्ट्रिय हितका लागि काम गर्न तयार छु ।’
भारतीयहरूले मलाई दिदी–बहिनी जस्तै व्यवहार गर्छन्’ सन् १९७५ मा भारतको वाराणसी हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तरसमेत गरेकी कार्कीले भारतीयहरुसँग आत्मीय सम्बन्ध रहेको समेत बताएकी छन् । उनले भनेकी छन्, ‘भारतीय साथीहरूले मलाई दिदी–बहिनी जस्तै व्यवहार गर्छन् ।’







