काठमाडौँ।  राजतन्त्र पुनर्स्थापनाको प्रस्ताव सार्वजनिक भएपछि जेन जी आन्दोलनका प्रतिनिधिहरू बीच जंगी अड्डामा चलिरहेको वार्ता असमञ्जसमा टुंगिएको छ। आन्दोलनकारी पक्षले वार्ताको मूल मुद्दा न्याय, सुशासन र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली रहेको भन्दै, संघीयता र धर्मनिरपेक्षता जस्ता संवेदनशील विषय हटाउनुपर्ने माग उठेपछि वार्ता नियोजित रूपमा आन्दोलनको मूल मर्मबाट बाहिर धकेल्न खोजिएको आरोप लगाएका छन्।

आन्दोलनकारीहरूका अनुसार यस्ता मागहरू उठेपछि उनीहरूले वार्तास्थल नै छोडेका छन्। जेन जी नेताहरूले “यो आन्दोलन विद्यमान व्यवस्थाको खिलाफ नभई, अहिलेको संविधानकै दायराभित्र समस्याको समाधान खोज्ने” पुनः स्पष्ट पारेका छन्।

नेपाली सेनाले भने दुर्गा प्रसाई तथा रास्वपा लगायतका मागलाई समेत समेट्दै, सबै सरोकारवालाबीच संवाद आवश्यक रहेको र त्यसले दिगो समाधान दिने धारणा प्रस्तुत गरेको जनाएको छ

यसबीच, जेन जीका प्रतिनिधिका अनुसार नेपाली सेनाले भने दुर्गा प्रसाई तथा रास्वपा लगायतका मागलाई समेत समेट्दै, सबै सरोकारवालाबीच संवाद आवश्यक रहेको र त्यसले दिगो समाधान दिने धारणा प्रस्तुत गरेको जनाएको छ। तर जेन जीका प्रतिनिधिहरुले आफ्नो आन्दोलन विद्यमान संविधानमै रहेर समाधान खोज्नु रहको स्पष्ट पारेको बताएका छन्।

यो घटनाक्रमपछि बार्ताको स्वरूप अझ जटिल मोडमा पुगेको छ। एकातिर, जेन जी  आन्दोलनले “संविधान संशोधनमार्फत सुधार” को बाटोमा अडान देखाएको छ भने अर्कोतर्फ राजतन्त्र पुनर्स्थापना र संघीय संरचना खारेजजस्ता विवादास्पद एजेन्डाले राजनीतिक द्वन्द्वलाई थप चर्काउने संकेत देखिएको छ।