काठमाडौं — हिजोको जेन–जी प्रदर्शन र त्यसक्रममा सरकारले गरेको दमनबारे रिपोर्टिङ गर्न दैनिक भास्कर, एनडीटीभी लगायतका भारतीय मिडिया प्रतिनिधिहरू काठमाडौं आएका छन्।
मंगलबार बिहानैदेखि नयाँबानेश्वर क्षेत्रमा उनीहरूको उपस्थिति देखिएको छ। क्यामेरा र प्रत्यक्ष प्रसारणका उपकरणसहित आएका यी मिडिया प्रतिनिधिहरूले प्रदर्शनस्थलमा भइरहेको गतिविधि, प्रहरीले गरेको बल प्रयोग र आन्दोलनकारीहरूको प्रतिक्रिया संकलन गरिरहेका छन्।
अन्तर्राष्ट्रिय मिडियाको बढ्दो चासोले जेन–जी आन्दोलनले नेपालको राजनीतिक स्थायित्व र सरकारको जनप्रतिको व्यवहारलाई क्षेत्रीय स्तरमै गम्भीर बहसको विषय बनाएको विश्लेषकहरू बताउँछन्।




