काठमाडौं । नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । काठमाडौं स्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।
फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ ।
नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले घरेलु मैदानमा लामो समयपछि खेल्न उत्साहित रहेको र खेल पनि रोचक हुने अपेक्षा गरेको बताए ।
मुख्य प्रशिक्षक म्याट रसले जित निकाल्ने गरी खेल प्रस्तुत गर्ने बताएका छन् । उनले बंगलादेशको टोली राम्रो भएको र राम्रो प्रतिस्पर्धा हुने उल्लेख गरे ।







