काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले बढेर २६२२ बिन्दुमा पुगेको छ ।
आइतबार १८५ कम्पनीको सेयर मूल्य बढेको छ । ३२८ कम्पनीको एक करोड कित्ता सेयर किनबेच हुँदा सात अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस उर्जाको भएको छ । साहसको ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुटवल पावर कम्पनीको ३४ करोड, युनियन हाइड्रोपावरको २४ करोड, न्यादी गुप्रको २३ करोड र राधी विद्युत कम्पनीको २१ करोड रुपैयाँको कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । ६३ कम्पनीको सेयर मूल्य भने घटेको छ ।








