काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। केही दिनदेखि नेप्से परिसूचक निरन्तर ओरालो लागिरहेको छ । त्यसले आज पनि निरन्तरता पाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.४५ अंक घटेर २६६०.०२ विन्दुमा झरेको छ। आज १३ मध्ये दुई उपसमूहको मात्र परिसूचक बढेको छ । वित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो ।

ADVERTISEMENT

नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य बढेको छ। मंगलबार चार अर्ब ३६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । बुधबार ३३८ स्टकको ७२ हजार ९१७ पटकको कारोबारमा चार अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

ADVERTISEMENT

बुधबार आँखु खोला जलविद्युत कम्पनीको २९ करोड ६२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। सोपान फर्मास्यूटिकल्सको १७ करोड रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको करिब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

आज टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। दुबै कम्पनीको सेयरमूल्य ५९ रुपैयाँ ५० पैसा बढेर ४५६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

ADVERTISEMENT

भुजुङ हाइड्रोपावरको सेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी बढेको छ भने सिवाईसी नेपाल लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.०५ प्रतिशत घटेको छ।