काठमाडौं । नबिल बैंकले तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले बिहीबार नबिल बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो।

बैंकले एक हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। जसअनुसार बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

ADVERTISEMENT

बैंकको यो ऋणपत्र आठ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। नबिल बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।