काठमाडौं । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय धुम्बाराहीमा स्थापना भएको छ । मुक्तिनाथ विकास बैंकले जमलमा रहेको शाखा कार्यालयलाई धुम्बाराहीमा स्थानान्तरण गरी औपचारिक रुपमा वित्तीय सेवाको शुभारम्भ गरेको छ ।

काठमाडौं महानगरपालिका–४, धुम्बाराही (चिलिमे टावरमा ) स्थित शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले उद्घाटन गरेका छन् ।

ADVERTISEMENT

कार्यकारी निर्देशक पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारको प्रशंसा गर्दै जोखिम व्यवस्थापनमा पनि त्यत्तिकै चनाखो हुन सुझाव दिए । साथै, बैंकले हाल गरी रहेकै प्रगतिलाई निरन्तरता दिंदै यो शाखाबाट पनि उत्कृष्ट सेवा प्रदान गर्न शुभकामना व्यक्त गरे ।

ADVERTISEMENT

बैंकका सञ्चालक उमेश आचार्यले स्वागत, प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको अवस्था र आगामी योजना तथा निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको सबलीकरणको लागि बैंक तथा नियमक निकायले अख्तियार गर्नुपर्ने रणनीतिबारे धारणा राखेका थिए ।

बैंक सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले बैंकको सेवाको गुणस्तरमा अझै सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । नयाँ र आधुनिक भवनबाट पूर्ण वित्तीय सेवा प्रदान गर्न पाउँदा सेवाग्राहीहरुले उत्कृष्ट ग्राहक सेवाको महसुस गर्नु हुने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा बैंकको वर्तमान तथा पूर्व सञ्चालकहरु, संस्थापक तथा सर्वसाधारण सेयरधनीहरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, ग्राहक तथा स्थानीय नागरिकहरूको उपस्थिति थियो । सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको उक्त नयाँ कार्यालय चक्रपथसँग जोडिएको र पर्याप्त पार्किङ सुविधा रहेकोले सबैको पहूँचमा सहजता हुने विश्वास लिइएको छ ।