काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘एसएमई महोत्सव’ सुरु गरेको छ।

लक्ष्मी पूजाको अवसर पारेर कात्तिक २२ गतेदेखि सुरु गरिएको यो विशेष अभियान आगामी पुस मसान्तसम्म सञ्चालन हुने बैंकले जनाएको छ।

ADVERTISEMENT

महोत्सवअन्तर्गत बैंकले व्यवसायी तथा उद्यमीलाई आकर्षक कर्जा सुविधा उपलब्ध गराएको छ। यस योजनाअनुसार मुक्तिनाथ विकास बैंकमा अन्य बैंक तथा वित्तीय संस्थाबाट व्यवसाय कर्जा स्वाप गर्दा आधार दरमा शून्य प्रतिशत प्रिमियम अर्थात् आधार दरमै कर्जा प्राप्त गर्न सकिनेछ।

ADVERTISEMENT

बैंकका अनुसार यस सुविधाले व्यवसायीलाई सहज, सरल र प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउनुका साथै वित्तीय व्यवस्थापन सहज बनाउन सहयोग गर्नेछ। साथै, व्यवसाय विस्तारका लागि आवश्यक वित्तीय स्रोतको पहुँच बढाउने लक्ष्य राखिएको छ।

विशेषगरी साना तथा मझौला उद्यमीलाई लक्षित गरी ल्याइएको यस अभियानले उद्यमशीलता प्रवद्र्धन तथा व्यवसाय सञ्चालन र विस्तारमा सहयोग पुग्ने बैंकको विश्वास छ।

ग्राहकको आवश्यकता र व्यवसायको सम्भावनालाई प्राथमिकतामा राख्दै वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले यस अभियानमार्फत ग्राहकसँगको दीर्घकालीन सम्बन्ध थप सुदृढ बनाउने लक्ष्यसमेत लिएको जनाएको छ।

योजनामा सहभागी हुन इच्छुक व्यवसायी तथा उद्यमीले मुक्तिनाथ विकास बैंकका नजिकका शाखा कार्यालयमा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नेछन्।