काठमाडौं । उखु किसानलाई सरकारले दिँदै आएको बक्यौता अनुदान रकम ७० रुपैयाँबाट ३५ रुपैयाँ कायम गरेकोलगायत विभिन्न माग राख्दै चार दिनदेखि किसानहरु माइतीघरमण्डलामा आन्दोलनरत छन् ।
सरकारले माग पूरा नगरेसम्म पछि नहट्ने उखु उत्पादक महासंघ नेपालको अडान कायमै राखेका छन् ।
पटक पटक प्रदेश र केन्द्रीय सरकारमा रहेका राजनीतिक पार्टीका नेताहरु अहिले उखु किसानको आन्दोलनलाई समर्थन गर्दै ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा पुग्ने गरेका छन् । नेताहरु माइतीघरमा पुगेर भाषण गर्ने गरेपनि किसानको माग सम्बोधनका लागि ठोस कदम चालेको भने देखिंदैन ।
किसानहरूको धर्नामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री एनपी साउद, हरिप्रसाद उप्रेती, अनिलकुमार झादेखि पूर्वमुख्यमन्त्री लालबाबु राउतलगायतसम्म माइतीघर मण्डलामा पुगेका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी









