काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री शाह आज शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

भारत भ्रमणबाट फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाह राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन्। भारतको दुईदिने भ्रमणमा जाँदा भने उनले राष्ट्रपतिसँग भेट नगरेको विषयमा टिप्पणी भएको थियो।

ADVERTISEMENT

आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेट गरेका थिए। लामिछानेले भेटेर फर्किएलगत्तै प्रधानमन्त्री शाह शीतल निवास पुगेका हुन्।

ADVERTISEMENT

राष्ट्रपति कार्यालय स्रोतका अनुसार भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, सरकारले ल्याउन लागेको अध्यादेश, जारी हुन बाँकी अध्यादेश तथा सरकारका कामकारबाहीबारे छलफल भएको छ।