काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुलीसम्बन्धी सेमिनार आयोजना गरेको छ ।

बैंकले प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागितामा ‘सिटिजन्स बिल्डिङ स्केल एण्ड भ्यालुः लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुली (आर्थिक वर्ष २०८३/८४)’ विषयक कार्यक्रम आयोजना गरेको हो ।

ADVERTISEMENT

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा तथा चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताबारे छलफल भएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै कर्जा विस्तार तथा असुली प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको बैंकले जनाएको छ ।

लुम्बिनी प्रदेशका नौ जिल्लामा बैंकका ५१ वटा शाखा सञ्चालनमा रहेका छन् ।

बैंकले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने क्रममा फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । त्यस्तै, नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ र फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।

यसैगरी, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर प्राप्त गर्न सकिने सुविधा र क्रस बैंक टेलर सेवासमेत उपलब्ध गराएको छ । क्रस बैंक टेलर सेवामार्फत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार हाल देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८५ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।