काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले आगामी महाधिवेशनमा पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत शाहीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उनले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेता बनाउन प्रस्तावसमेत गरेका छन्।

ADVERTISEMENT

शाहीले लिङ्देनसहित पार्टीका सबै शीर्ष नेताहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। पार्टीको नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने उनको प्रस्तावको आशय रहेको छ।

ADVERTISEMENT

राप्रपाको महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा शाहीको उम्मेदवारी घोषणालाई अर्थपूर्ण रूपमा हेरिएको छ।