काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको हो । घिमिरेले पक्राउको पुष्टि गरे पनि त्यसको कारणबारे भने खुलाएका छैनन् ।

ADVERTISEMENT

प्रहरी स्रोतका अनुसार विवादित बिचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि महेशलाई पक्राउ गरिएको हो । उनीहरूबीच बैंकिङ कारोबारसमेत देखिएको प्रहरी स्रोतको दाबी छ ।

ADVERTISEMENT

महेशका दाइ उमेश श्रेष्ठ नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष हुन् ।