काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनायो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रन बनाए । आरिफ शेखले २१ र थरिन्दु रत्नायकेले २६ रनको योगदान गरे ।

ADVERTISEMENT

८ रन जोड्दा ४ विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमको पारीलाई ऐरी र शेखले सम्हालेका थिए । उनीहरूबीच ५४ रनको साझेदारी भएको थियो ।काठमाडौंका जहानदाद खानले ३ तथा सन्तोष यादवले २ विकेट लिए ।समान ८ अंकसहित काठमाडौं र सुदूरपश्चिम तालिकाको क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । आजको खेल जित्ने टोलीले शीर्ष चारमा रहँदै प्लेअफमा स्थान पक्का गर्नेछ । आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् ।

ADVERTISEMENT