काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल मात्रै हुँदैछ। त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेलमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित मैदान उत्रिनेछ। चार खेलबाट सात अंक जोडेको लुम्बिनीले तीन खेलमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको छ।

ADVERTISEMENT

यता, काठमाडौँ गोर्खाज पनि जितको लयलाई निरन्तरता दिने योजनामा छ। तीन खेल खेलेको काठमाडौँले दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ। चार अंकसहित टोली अंकतालिकाको चौथो स्थानमा छ।

ADVERTISEMENT

आजको खेल जित्दै काठमाडौँ शीर्ष टोलीसँगको दूरी घटाउन चाहन्छ भने लुम्बिनी आफ्नो शीर्ष स्थान थप मजबुत बनाउने लक्ष्यमा हुनेछ।